नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको ग्यास्ट्रोइन्टेरोलोजी विभागले मिति २०७८।१२।२२ गते यस शिक्षण अस्पतालमा नियमित रुपमा उपचार गर्दै आउनु भएका आन्द्राका दीर्घ रोगीहरु संग  अन्तरक्रिया कार्यक्रम (Inflammatory Bowel Disease – IBD Patients Meet) को आयोजना गरिएको छ । ठूलो आन्द्रा र सानो आन्द्रामा अल्सर, घाऊ भई दीर्घकालिन रुपमा दिसामा आउँ पर्ने, रगत जाने, पेट दुख्ने, पखला लाग्ने, तौल घट्ने जस्ता आन्द्राको दीर्घ रोगको उपचारकोलागि विरामीहरु धेरै अस्पतालहरुमा धाउनु पर्ने र रोगको समयमा पहिचान हुन नसक्दा उपचारको कमीले रोग बढ्दै जाने र त्यसले भविष्यमा ठूलो समस्या ल्याउने लगायतका विषयहरुमा बरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा। मोहन खड्काले जानकारी दिनु भयो तथा नियमित रुपमा उपचार गर्दै आउनु भएका विरामीहरुद्वारा आफ्नो अनुभव साटासाट समेत गरिएको छ ।

अन्तरक्रियामा मोरङ, सुनसरी, झापा लगायत पूर्वी नेपालका बिभिन्न जिल्लाका करिब ३० जना आन्द्राका दीर्घ रोगीहरु सहभागि थिए । आन्द्राको दीर्घ रोग लाग्ने कारण, अपनाउँनुपर्ने सावधानी, उपयुक्त खानपिन लगायत बिषयमा छलफल गरियो । सो अवसरमा विरामीहरुले भोगेका अनुभव सुनाएका थिए । डाक्टरहरुले रोगका बिषयमा विरामीहरुलाई थप जानकारी गराए । कार्यक्रममा पेट तथा कलेजो रोग बिशेषज्ञ डाक्टर खड्काले नियमित औषधि सेवन गर्न र अग्र्यानिक खानेकुरा खान विरामीहरुलाई सुझाव दिए ।

कार्यक्रममा नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले सबै रोगका विरामीहरुको उपचार गर्ने गरी नोबेल अस्पताल अघि बढिरहेको भन्दै अस्पतालले गुणस्तरीय उपचारलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्दै जाने बताइन् । नोबेलका डा.विश्वनाथ अधिकारी, डा.मुक्ति आचार्य, मेट्रोन कल्पना पोख्रेल लगायतले पनि विरामीहरुलाई सम्बन्धित डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गरेर उपयुक्त खानपिनमा बिशेष ध्यान दिन सुझाव दिएका छन् ।

यस शिक्षण अस्पतालमा विशेषज्ञ तथा विशिष्ट सेवाहरु सञ्चालन हुँदै आईरहेको छ भने व्यवस्थापनले आवश्यक पूर्वाधारको विकास गर्दै थप सेवाहरुको विस्तार समेत गर्दै आईरहेको छ ।  साथै जनमानसमा विभिन्न रोगको कारण र निदान सम्वन्धी जानकारी दिने अभिप्रायले यस्ता कार्यक्रमहरु नियमित रुपमा गरिदै जाने पनि सम्वन्धित सवैलाई जानकारी गरिएको छ ।

विस्तृतः आवर विराटनगर ………

Top