विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पूर्वी नेपालका नौ वटा अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुलाई बाल सघन उपचार सम्बन्धि प्रशिक्षण दिइएको छ । स्वास्थ्य तालिम केन्द्र धनकुटाले चार दिने तालिम आयोजना गरेको हो ।

आइतबारदेखि बुधबारसम्म सञ्चालन भएको तालिममा जिल्ला अस्पताल धनकुटा, उदयपुर, भोजपुर, रंगेली, दमक, नोबेल, कोशी कोभिड, विराट र बीपी अस्पतालका बच्चा सम्बन्धि १६ जना डाक्टर र नर्सहरु सहभागि भएको नोबेल अस्पतालका बालरोग बिशेषज्ञ डा.बविता खनालले जानकारी दिइन् । उनीहरुलाई नोबेल विराट, वीपी र कोशी अस्पतालका आठ जना बालरोग विशेषज्ञ डाक्टरहरुले प्रशिक्षण दिएका छन् ।

सहभागिहरुलाई सैद्धान्तिक र अभ्यासका माध्यमबाट सीप सिकाइएको स्वास्थ्य तालिम केन्द्रका निर्देशक रोहित पाण्डेले जानकारी दिए । उनका अनुसार तालिममा विशेष गरी पीआईसीयूमा उपचारका क्रममा ध्यान दिनुपर्ने कुराहरु, उपयुक्त तरिकाले मेसिन तथा उपकरणको प्रयोग विधि, कोरोनाको समयमा ख्याल गर्नुपर्ने पक्ष लगायतका बिषयमा तालिम दिइएको छ ।

तालिम समापनका अवसरमा नोबेल अस्पतालका जेनेरल मेनेजर रुद्र प्रसाद शर्माले नोबेल अस्पताल तालिम केन्द्रका रुपमा विकसित हुँदै गएको बताए ।

समाचार साभारः स्वास्थ्य खबर पत्रिका (विस्तृत …..)

Top