मिति २०७८।१२।२०

विज्ञप्ती !!


यस नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको अर्थाेपेडिक विभागमा मिति २०७६।०२।०६ देखि मेडिकल अफिसरको पदमा कार्यरत सप्तरी जिल्ला मलेखपुर वडा नं. ६, खुरखुरीया स्थाई घर भएका डा. विजय कुमार यादवको मिति २०७८।१२।१९ गते कञ्चनबारी, विराटनगर स्थीत आफु बस्दै आएको घरको कम्पाउण्डमा शंकास्पद रुपमा शव भेटिएको र निज चिकित्सकको दुखद निधन प्रति यस शिक्षण अस्पताल परिवार गहिरो दुःख व्यक्त गर्दछ । कार्यमा लगनशिल र मिलनसार स्वभावका धनी डा. विजय कुमार यादवको मृत्यु के कारणबाट भएको हो ? यसको सम्बन्धित निकायहरुबाट यथाशिघ्र अनुसन्धान भई सत्य तथ्य पत्ता लगाउन पनि यसै विज्ञप्ती मार्फत जोडदार माग गर्दछौं । 

डा. राजेश नेपाल

अस्पताल निर्देशक

विस्तृतः संगालो खबर ………

Top